आईसीटी अवार्डको ग्राण्ड फिनाले भोलि
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम भोलि शुक्रबार हुने भएको छ ।
लिभिङ विथ आईसीटीले द सोल्टी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गर्न लागेको हो । अपग्राड आईसीटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित १४ विधामा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ । यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि समावेश गरिएको छ ।
आईसीटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट आठ सय बढी विशिष्ट व्यक्तिहरूको सहभागीता हुनेछ । आठौँ संस्करणको आईसीटी अवार्डको छनौटका लागि १४ जना स्वदेश र ३ जना विदेशबाट विज्ञ जुरी समिति गठन गरिएको थियो । विभिन्न १३ विधामा खुला गरिएको अनलाइन नोमिनेसनमा सात सय बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी गराएको छ । अवार्ड वितरण हुने विधाहरूमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड रहेका छन् ।
व्यक्तिगत अवार्ड विधामा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आईसीटी अवार्ड रहेका छन् । संस्थागत र कर्पोरेट अवार्ड विधाहरूमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् । साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड अन्तर्राष्ट्रिय अवार्ड विधाको रूपमा समावेश गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यी सम्पूर्ण विधाहरूमा १७ जना जुरी सदस्यहरूको सहभागितामा तीन महिनाको अवधिसम्म विभिन्न चरणका छनौट प्रक्रियाहरू सञ्चालन गरिएको थियो ।
सातै प्रदेशमा स्टार्टअप मिट, बुटक्याम्प, काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रक्रियाहरू सञ्चालन भएको आयोजकले जनाएको छ । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास भएको लम्सालले बताए । यस अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर प्राप्त गरेका छन् । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् ।
ग्राण्ड फिनाले कार्यक्रममा नेपाल सरकारको तर्फबाट विशिष्ट व्यक्तिहरू, सम्माननीय र माननीयहरूको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय मोविलिटी कम्पनी इनड्राइभ र दक्षिण एसियाली देशहरूबाट दर्जन बढी स्टार्टअप र विज्ञहरू नेपाल आउनेछन् । कार्यक्रममा प्रमोद खरेललगायतको म्युजिक पर्फमेन्स पनि रहेको आयोजकले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया