भिभोको छैठौँ वार्षिकोत्सवमा सेल्स कार्निभल
काठमाडौं । प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनाको छ वर्ष पूरा भएको छ । यस छैटौँ वार्षिकोत्सवको अवसरमा भिभोले सेल्स कार्निभल आयोजना गर्ने भएको छ ।
भिभोले आफ्ना ग्राहकसँग उत्सवको उत्साह बाँड्दै सबैलाई आकर्षक अफरहरू तथा पुरस्कारहरू प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको हो । यो एक्सक्लुसिभ सेल्स कार्निभल डिसेम्बर ७ तारिखदेखि सुरु भएर ५ जनवरी, २०२४ सम्म सञ्चालनमा रहनेछ । यसअन्तर्गत हरेक भिभो स्मार्टफोन खरिदमा लकी ड्रमा सामेल भएर आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार भिभो वाई२७एस खरिद गर्ने पहिलो एक हजार ग्राहकहरूले नयाँ स्मार्टफोनका साथै, छ महिनासम्मको थप वारेन्टी पाउनेछन् । साथै, एक जना बम्पर पुरस्कार विजेताको भाग्यशाली जोडीले निकै रोमाञ्चक एवम् आकर्षक सहर दुबई घुम्ने अवसर प्राप्त गर्नेछन् ।
यसको साथै लक्की ड्रमा ग्राहकको मन लोभ्याउने धेरै आकर्षक उपहारहरू रहेका छन् । लक्की ड्रमा भिभोको नयाँ भी सिरिजका स्मार्टफोनहरूदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निःशुल्क स्क्रिन रिप्लेसमेन्ट, स्पिकर, साइड ब्याग, तथा बोतलहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यसै उत्साहका बीचमा, भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन – वाई १७ एस (४जीवी+१२जीवी) सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा शक्तिशाली पाँच हजार एमएएचको ब्याट्री, मिडियाटेक जी८५ प्रोसेसरको रहेको छ । वाई१७एस प्रयोगकर्ताहरूले निकै रुचाएका दुई आकर्षक फरेस्ट ग्रिन र ग्लिटर पर्पल रंगहरूमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया