Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटिगमा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

टिगमा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा


काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेस्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेस्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेस्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले बताए । टिगलाई कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जनभन्दा बढी व्यवसायीहरूले यसअघिदेखि नै अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् । टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघिदेखि नै उपलब्ध छ । रेस्टुरेस्ट, क्याफे वा मार्ट व्यवसायीहरूले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यसबाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको जनाएको छ । सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह–संस्थापक प्रार्थना शाखःले बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया