Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘दि नेपाल डिस्टिलरिज’को ‘एरिस्टोक्र्याट’ बजारमा

‘दि नेपाल डिस्टिलरिज’को ‘एरिस्टोक्र्याट’ बजारमा


काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिस्टोक्र्याट’ बजारमा ल्याएको छ ।

नेपाली ग्रेन स्पिरिट र स्कटिस मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको कम्पनीले जनाएको छ । हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा सूक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ । कम्पनीका अनुसार कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्येक घुट्कीमा पाइन्छ । ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिस्टिलरिजका लागि विशेषरूपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपेली महलका स्तम्भबाट प्रेरित छ । यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतीक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको छ ।

नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिस्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि दुई वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको शृङ्खलाहरू सञ्चालन गरिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया