Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबसोबास प्रपर्टी इभेन्ट : मेलाको दिन मात्रै ५० करोडको कारोबार

बसोबास प्रपर्टी इभेन्ट : मेलाको दिन मात्रै ५० करोडको कारोबार


काठमाडौं । बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेलामा करोडौँको कारोबार भएको बताइएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पु-याउने उद्देश्यले शनिबार सो मेला आयोजना गरिएको थियो ।

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा दुई सय ५० भन्दा बढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो । मेलामा आवासीय अपार्टमेन्ट, घर र कमर्सियल स्पेसगरी पाँचवटा प्रपर्टी बुकिङ भएका छन् । त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका छन् । समग्र स्टलहरूबाट मेलाको दिनमात्रै ५० करोड भन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । नेपालमै पहिलोपटक आयोजना भएको मेलामा एक हजारभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अवलोकन गरेका थिए । पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेको बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले बताए ।

बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको बताए । यसले घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा सावित गरेको दाबी गरे । मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई माथि उकास्न सहयोग गर्ने अधिकारीको अपेक्षा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया