Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवायुसेवा निगम र थाइ एयरवेजबीच सम्झौता

वायुसेवा निगम र थाइ एयरवेजबीच सम्झौता


काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्यान्डलिङसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले सेल्फ ह्यान्डलिङ गर्न छोडी निगमसँग ग्राउण्ड ह्यान्डलिङ सेवा लिन थालेको हो । २९ अक्टोबर, २०२३ देखि नै निगमले थाई एयरवेजको ग्राउण्ड ह्याडलिङ गर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

यस्तै, थाई एवरवेजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ८० थान ग्राउण्ड ह्याडलिङ सामग्री समेत नेपाल वायुसेवा निगमले लिनेगरी सम्झौता गरेको छ । नेपाल सरकारले गत साउन ३ गते थाई एयरवेजको ह्याडलिङ सामग्री लिन निगमलाई स्वीकृति दिएको थियो । सो स्वीकृतिअनुसार आवश्यक समन्वय गरी उक्त सामग्रीहरू निगमको स्वामित्वमा रहने गरी मंसिर ३० गते हक हस्तान्तरण सम्झौता समेत गरिसकेको निगमले जनाएको छ । निगमको ग्राउण्ड ह्याडलिङ सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वासप्रति निगमले धन्यवाद समेत दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया