अल्टिमा लाइफस्टाइलको कारोबारमा सात सय प्रतिशतले वृद्धि
काठमाडौं । नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलको कारोबारमा सात सय प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीले २०२३ मा सात सय प्रतिशतले कारोबारलाई वृद्धि गरी सबै रेकर्ड तोडेको छ ।
यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेलगत्तै कम्पनीले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड समेत पाएको जनाएको छ । यो अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरका कारण धेरै प्रतिस्पर्धीहरूबीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीको दाबी छ । अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६ हजार भन्दा बढी अर्डरहरू प्राप्त गरेको जनाएको छ । नोभेम्बरमा मात्र १३ हजारभन्दा बढी अर्डरहरू आएर कम्पनीले उच्चतम अर्डरको रेकर्ड समेत कायम गरेको छ ।
अल्टिमाले सन् २०२२ फेब्रुअरीदेखि दराज यात्रा सुरु गरेको थियो । सोही वर्षमा नै कम्पनीले आफ्नो अफिसियल वेवसाइट पनि सुरु गरेको थियो । छोटो अवधिमा अल्टिमाले सबै विधामा १९ हजारभन्दा बढी विक्रेताहरूमध्ये उत्कृष्ट रही यो उपाधि जितेको हो । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै पाँच सय प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ । आगामी दिनहरूमा अझै केही नयाँ क्याटेगरीहरू पनि आरम्भ हुने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल टिडब्लुएस, स्मार्टवाच, पावरब्याङ्क र स्पिकर बजारमा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा भने गेमिङ क्षेत्रमा प्रवेश गर्नेगरी अधिक बहु–उपयोगी साउन्ड आउटपुट सोलुसनहरू र एक्सेसरीहरूका प्रिमियम सेगमेन्ट ल्याउने योजना बनाएको कम्पनी ब्रान्ड म्यानेजर अमन गुप्ताले बताए । उनका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन् । नयाँ वर्ष २०२४ को सुरुवात नै पहिलो लन्चबाट हुनेछ । उनले अल्टिमा लाइफस्टाइलले २० भन्दा बढी आधिकारिक स्टोरहरू खोल्ने, अल्टिमा एक्सचेन्ज मेला २.० सञ्चालन गर्ने तथा केही रोमाञ्चक अनलाइन र अफलाइन मेला प्रस्तुत गर्ने पनि योजना बनाएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया