सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्टेलिङ गरी बजारमा सिमेण्टको मूल्यवृद्धि गरिएकाले तत्काल खारेज गर्न माग गरेको छ । स्वतस्फूर्तरूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुलाबजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको महासंघको आरोप छ ।
महासंघका महासचिव रोशन दाहालले बुधबार एक विज्ञप्ति जारी गरी अव्यावहारिक एवम् अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रतिबोरा एक सय रुपैयाँ मूल्यवृद्धि गरेको जानकारी दिएका छन् । सो मूल्यवृद्धि कानुनविपरीतको दण्डनीय अपराध भएको महासंघको दाबी छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटकपटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा उल्लेख छ ।
म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धिले अझै पलायनको बाटोमा लैजाने महासंघको भनाइ छ । मूल्यवृद्धि अविलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन पनि महासंघले सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया