सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी
काठमाडौं । स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जी बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनको अगाडिपट्टि १३ एमपीको सेल्फी क्यामरा जडित छ भने पछाडि ओआईएस र भीडीआईएस युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ । साथै, यसमा ८ एमपी अल्ट्रा वाइड क्यामरा र दुई एमपी म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।
यस स्मार्टफोनमा एक्सनोस १२८० प्रोसेसर जडित छ भनेँ यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध चलिरहन्छ । यस्तै, यो फोनमा पाँच हजार एमएएच ब्याट्री रहेको छ । यससँगै उपलब्ध असली सामसङ २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै चार्ज समेत गर्न सकिने कम्पनीको भनाइ छ । यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित वान युआई ६.० मा ४ मुख्य एण्ड्रोइड ओएस अद्यावधिकहरू र पाँच वर्षको सुरक्षात्मक अद्यावधिकहरू प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जी दुईथरीको ८जीबी ¥याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप एक टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेँलो गरी तीन रङ्गहरूमा पाइने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया