Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइलाइफ फुडद्वारा भारतबाट आएकालाई खाद्य सामग्री सहयोग

हाइलाइफ फुडद्वारा भारतबाट आएकालाई खाद्य सामग्री सहयोग


काठमाडौं, जेठ ११
हाइलाइफ फुड प्रोडक्ट प्रालि रुपन्देहीले कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ । कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्य सामग्री सहयोग गर्दै आएको हो । यस क्रममा २०७७ जेठ ८ का दिन बुटवल, वडा नंं. ४ कान्ति माविको क्वारेन्टाइनमा रहेका १ सय १० जनाको लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । यसबाट उक्त स्कुलमा रहेका व्यक्तिहरुले धेरै राहत अनुभव गर्ने विश्वास गरेकोे अध्यक्ष पराजुलीले बताए ।

त्यस्तै सोही दिन कम्पनीले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ । यसअघि पनि सियारी गाउँपालिका वडा नंं. १ का ३ सय विपन्न परिवारलाई एक सातालाई पुग्ने गरी उक्त वडाका वडा अध्यक्ष अरुण साहीमार्फत खाद्य सामग्री हस्तान्तरण गरिसकेको छ । कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको कम्पनीका प्रबन्धनिर्देशक प्रशान्त घिमिरेले जानकारी दिए ।

उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङकङ, मकाउलगायतका देशहरुमा बिक्रीवितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रक्रियामा रहेको छ । यस विषम परिस्थितिमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस् भन्ने हेतुले निकै समस्याका बाबजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि कम्पनी स्वयंले कोभिड–१९ बीमा व्यवस्था गरिदिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x