सनसिल्कको दशैं विशेष योजनाका तीन विजेता घोषणा
काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्कले दशैंको बेला सार्वजानिक गरेको सनसिल्क दशैं भाइब्स नामक डिजिटल योजनाका विजेताहरू घोषणा गरेको छ ।
कम्पनीले हालै सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई सनसिल्क दशैं भाइब्स ३ को विजेता घोषणा गरेको हो । विजेताहरूले जनही एक लाख रुपैयाँका साथै, अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गल्र्सको हिस्सा हुने अवसर पाएका छन् । कम्पनीले यो योजना सन् २०२१ देखि सञ्चालन गर्दै आएको छ । युनिलिभर नेपालका मार्केटिङ प्रमुख, सौरभ करन्जितका अनुसार सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो । यसलाई लाखौं उपोभोक्ताले रूचाएको उनको दाबी छ । उपभोक्ताहरूको स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहेकाले सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ अफगल्र्सद्वारा कम्पनीले आफ्नो चाहना पूरा गर्ने प्रयास गरेको उनले बताए । सनसिल्क दशैं भाइब्सका विजेताहरू कम्पनीको ब्रान्ड एम्बेसडर, प्रिन्सी र प्रिज्मासँगै उभिएर सनसिल्क ग्याङ अफ गल्समा सामेल हुनेछन् ।
कम्पनीका अनुसार सनसिल्क दशैं भाइब्सको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भव्य बनाउने मार्ग प्रस्तुत गरेको थियो । यस वर्षको सनसिल्क दशैं भाइब्स प्रतियोगिता ‘लेट्स सेलिब्रेट हेयर, लेट्स सनसिल्क’ भन्ने विषयवस्तुमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा चार हजार चार सय ८५ जना सहभागी भएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया