गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना
काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक विक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । कम्पनीले मात्र एक लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी यो योजना ल्याएको हो ।
कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरनिकले चालकहरूलाई स्वरोजगार बनाउने उद्देश्यअनुसार यो अभियान सञ्चालन गरिएको बताइन् । कम्पनीले गत वर्ष पनि यसप्रकारको योजना ल्याएको उनले जानकारी दिइन् । अशोक लेल्याण्डका लाइट कमर्सियल भेहिकल (दोस्त) सिरिजका गाडीहरूमा यो योजना लागू गरिएको छ । यो योजनाअन्तर्गत ८० प्रतिशतसम्म विनाधितो कर्जा सुलभ ब्याजदर उपलब्ध हुनेछ ।
पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरू लाभान्वित हुने कम्पनीले जनाएको छ । अरूको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्याण्डका शाखाहरूबाट योजनाका बारेमा विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया