सिमेन्टको मूल्य पुरानै कायम
काठमाडौं । केही समयअघि प्रतिबोरा एक सय रुपैयाँ बढाइएको सिमेन्टको मूल्यलाई घटाइएको छ । सिमेन्ट उत्पादक कम्पनीहरूले बढाएको मूल्य घटाएर साविककै मूल्य कायम गरेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सिमेन्ट उत्पादक कम्पनीहरूले एकतर्फीरूपमा मूल्य बढाएको भन्दै घटाउन माग गर्दै आएको थियो । महासंघको मागबमोजिम नै सिमेन्टको पुरानै मूल्य कायम भएको महासंघका महासचिव रोशन दाहालले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेन्ट उत्पादक संघलगायत सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि घटाइ पुरानै अवस्थामा कायम गरिएको महासंघको भनाइ छ ।
महासंघको आग्रहबमोजिम मूल्य घटाइदिएको भन्दै महासंघले विज्ञप्तिमार्फत नेपाल सिमेन्ट उत्पादक संघलगायत सिमेण्ट उद्योगीहरूलाई धन्यवाद समेत दिएको छ । त्यस्तै, महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै महासंघको समस्या समाधानका लागि सदाझै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति पनि महासंघले विज्ञप्तिमार्फत् विशेष आभार व्यक्त गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया