बुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन आग्रह गरेका छन् । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा भएको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै उनले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा उनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए । उनले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्वन गर्नका लागि पनि बढुगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औँल्याए । अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।
कृषिलगायतका स्थानीय उत्पादनको बजारीकरण एवम् प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपालको जडीबुटीलाई प्रवर्द्धन एवम् प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले दिए । उनले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीनलगायतका देशमा माग उच्च रहेको छ ।’ मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया