Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्रिएसन र कोका—कोलाद्वारा वेस्ट वर्करहरुलाई राहत वितरण

क्रिएसन र कोका—कोलाद्वारा वेस्ट वर्करहरुलाई राहत वितरण


काठमाडौं, जेठ १२
क्रिएसनको पहल र कोका—कोला नेपालको सहयोगमा कोभिड—१९ महामारीमा अग्रपंक्तिमा रहेका वेस्ट वर्करहरुहरुलाई सुरक्षा सामग्री तथा राहत सामग्री वितरण गरिएको छ । कोका–कोलासँगै क्रिएसनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) नामको संयुक्त पहलको घोषणा गरेको हो । जसको लक्ष्य जोखिममा रहेका वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पु-याउन जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ । यो परियोजना कोका–कोलाको कोभिड—१९ विरूद्ध लड्न ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो । यस परियोजनाको पहिलो कार्यक्रम १५ मेमा काठमाडौंको बूढानीलकण्ठस्थित वुमन फर ह्युमन राइटमा आयोजना गरिएको थियो जहाँ १ सय ५० वेस्ट वर्करहरुलाई सुरक्षासम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो ।

हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेको कम्पनीले जनाएको छ, जसले ४ सय ६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ । तिनीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिला लाभार्थीहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो । प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोगयोग्य सेनिटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । यसबाहेक सोमबार राहत कार्यक्रममा १ सय जना अग्रपंक्तिमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिने बताइएको छ । यस कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको पनि उपस्थिति रहने बताइएको छ ।

डब्लुडब्लूईआरपी प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रीसाइक्लर, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई)का संयुक्त सहयोग हो, जसले परियोजनाको व्यापक पहुँचका लागि आफ्नो सञ्जालमा रहेका वेस्ट वर्करहरुको सूची प्रदान गरेका थिए । यो पहलको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२ सय वेस्ट वर्करहरु र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने भएको कम्पनीको दाबी छ । यस पहलबाट दुई हजार पाँच सयभन्दा बढी वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उक्त परियोजना काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिरहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x