परिसंघ र इन्डियन चेम्बरबीच समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चेम्बर अफ कमर्स(आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नेसम्बन्धी दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । परिसंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले सम्झौतामा हस्ताक्षर गरेका थिए । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने बताइएको छ । साथै, दुई देशबीच द्वि–पक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।
परिसंघका अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्रभित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूको बारेमा जानकारी गराएका थिए । इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया