जीडब्लुएमले वार्षिक बिक्रीको रेकर्ड तोड्यो
काठमाडौं । जीडब्लुएमले लगातार आठ वर्षको वार्षिक बिक्रीको रेकर्डलाई तोडेको छ । कम्पनीले सन् २०२३ मा एक दशमलव २३ मिलियन इकाइहरू बिक्री गर्दै आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
यसअघि कम्पनीले एक मिलियनको हाराहारीमा मात्रै बिक्री वितरण गर्ने गरेको थियो । कम्पनीले यस प्रभावशाली उपलब्धि जीडब्लुएमको टेक्नोलोजी र बजार रणनीतिले गर्दा पाएको उल्लेख गरेको छ । साथै, कम्पनीले विश्वव्यापी बजारहरूमा स्थानीय मागहरू पूरा गर्ने उद्देश्य लिएको थियो । आफ्नो प्रस्तावअनुरूप कम्पनीले सार्वजनिक गरेको बलियो इन्जिन र अफ–रोड क्षमताहरूको लागि प्रसिद्ध ट्याङ्क पाँच मिडल इस्टमा लोकप्रिय बनेको थियोे । सोही सफलताको आधारमा कम्पनीको ट्याङ्क सात नोभेम्बरको पूर्व–बिक्रीको अवधिमा मात्र ५५सेकेन्डमा सबैभन्दा धेरै बिक्री भएको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको नयाँ इलेक्ट्रिक ब्रान्ड ओरा ईभीले युरोप र दक्षिण अफ्रिकामा प्रशंसा प्राप्त गरेको छ ।
कम्पनीका अनुसार ह्याभल एच ६ एनईभीले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गर्न सफल भएको छ । सन् २०२३ दक्षिण अफ्रिकी वार्षिक पिकअप मोडेल प्रतियोगितामा, जीडब्लुएम ए शृत्लाले १००–१२० किलोवाट पावर श्रेणीमा ‘सर्वश्रेष्ठ पिकअप मोडेल’को उपाधि जितेको थियो । यस्तै, ओरा ओथ्रीले ग्रिन एनक्यापबाट एलसिए र टप गियर साउथ अफ्रिका वार्षिक अवार्ड सँगसँगै फाइभ स्टार रेटिङ हासिल गरेको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीको वे०३, ०५ र ओरा ०३ सबैले युरोपेली ई–एनक्याप फाइभ स्टार मूल्याङ्कन प्राप्त गरेका छन् । कम्पनीको प्राविधिक क्षमताको कारणले तीन लाख युनिटहरू विदेशी बजारमा बिक्री भएको बताइएको छ । यो बजार विस्तारले विश्वव्यापी उद्यमहरूसँगको सहकार्यलाई सहज बनाएको छ ।
जीडब्लुएमले सन् २०२४ मा जीडब्लुएम ग्लोबल फ्यान फेस्टिभललाई प्रयोगकर्ताहरूसँग गहिरो सम्बन्ध राख्न र वर्षका उपलब्धिहरू र आनन्द साझा गर्नको लागि आयोजना गर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया