टेलिकमको विन्टर अफर
काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ । शुक्रबारदेखि लागू हुने यो अफरलाई यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरभन्दा आकर्षक बनाएर ल्याइएको कम्पनीले जनाएको छ ।
अफरअनुसार एक दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी सात दिनको समयावधिका लागि लागि एक सय नौ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि दुई सय ९८ रुपैयाँमा सात जीबी डाटा उपलब्ध हुनेछ । यस्तै, स्टे कनेक्टेड प्याकअन्तर्गत पाँच दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा एक सय ३९ रुपैयाँमा ६ जीबी डाटा र एक सय ७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी दुई घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तररूपमा उपलब्ध हुनेछ ।
विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि स्टार१४१५स्टार१ह्याक्स डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने कम्पनीको विश्वास रहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया