हाइफ्युचरका सात उत्पादन बजारमा
काठमाडौं । हाइफ्यूचरले आफ्ना नयाँ सात उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले दुई नयाँ मोडलका स्मार्टवाच, दुई नयाँ स्पिकर, एक हेडफोन र दुई इयरबड्सका नयाँ मोडल बजारमा ल्याएको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको एपेक्स स्मार्टवाचको मूल्य बजारमा नौ हजार नौ सय ९९ रुपैयाँ र अल्ट्रा तीन स्मार्टवाचको मूल्य छ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, एल्टस ब्लुटुथ स्पिकरको मूल्य दुई हजार नौ सय ९९ रुपैयाँ र म्युजिक बक्स ब्लुटुथ स्पिकरको मूल्य १४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । फ्युचर टुर प्रो हेडफोनको मूल्य भने आठ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीको फ्युजन इयरबड्सको मूल्य सात हजार नौ सय ९९ रुपैयाँ र याच इयरबड्सको मूल्य छ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार एपेक्स स्मार्टवाच दुई दशमलव शून्य चार इन्चको एमोलेड डिस्प्ले, आईपी ६८ रेटिङ, हेल्थ मिटर, सात दिनसम्मको ब्याट्री लाइफ र आकर्षक मेटालिक फ्रेमसहितको हाइफ्युचर एपेक्स वायरलेस कलिङ स्मार्टवाच हो । यस्तै, अल्ट्रा ३ स्मार्टवाच २४०.२९६ पिक्सेल रिजोल्युसन, वायरलेस कलिङ, आईपी६८ वाटरप्रूफ रेटिङसहितको शानदार २.०–इन्च आईपीएस डिस्प्लेको साथ आउँछ । यस्तै, हाइफ्यूचर एल्टस १० वाट वायरलेस पोर्टेबल स्पिकर टीडब्लुएस मोड र १० घण्टाको प्लेटाइमको साथ आउँछ । म्युजिक बक्स ब्लुटुथ स्पिकर पार्टीहरूलाई जीवन्त बनाउन डिजाइन गरिएको छ । हाइफ्युचरका सबै उत्पादनहरू दराज र आधिकारिक खुद्रा विक्रेताहरूमा पाइएने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया