‘उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव’
विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव पारेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूका बीचमा आपसी सम्बन्ध विस्तार र द्विपक्षीय व्यावसायिक विकासको नयाँ सम्भावना पहिल्याउने उद्देश्यले सञ्चालन गरेको दुई दिने चेम्बर भ्रमण तथा छलफलमा उनीहरूले सो गुनासो गरेका हुन् ।
उधारो कारोबारले पारेको समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो । उद्योग संगठन मोरङले सुन्दरहरैँचा, इटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरूसंग बेग्लाबेग्लै अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । उद्योग संगठनको पहलमा भएको भ्रमणले द्विपक्षीय व्यावसायिक हितका विभिन्न आयाम, एक आपसको क्षेत्रमा नयाँ सम्भावनाको खोजीका साथै आ–आफ्ना उत्पादनको बजार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको संगठनका उपाध्यक्ष विपीन कावराले बताए ।
आर्थिक एवम् औद्योगिक क्रियाकलापहरू सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रका साझा समस्याहरूको पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्नका लागि सो छलफल उपयुुक्त भएको संगठनका अध्यक्ष राकेश सुुरानाले जानकारी दिए । साथै, व्यावसायिक अन्तर्सम्बन्धको विकासका लागि बिटुबि बैठक आयोजना गरिएको पनि उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया