विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
विराटनगर । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् । संघको १४ औँ वार्षिक साधारणसभाले जिन्दलको अध्यक्षता २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यस्तै, संघको प्रथम उपाध्यक्षमा भानुु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवी पोखरेल, सचिवमा जितेश कोइराला र कोषाध्यक्षमा भरत खेतान चयन भएका छन् । यसैगरी १७ जना हार्डवेयर व्यवसायीलाई सदस्यमा चयन गरिएको छ । उक्त साधारणसभामा विराटनगरमा रहेका सम्पूर्ण हार्डवेयर व्यवसायीहरूको उपस्थिति थियो । संघका नवनिर्वाचित अध्यक्ष जिन्दलले विराटनगर महानगर क्षेत्रभित्रमा सञ्चालन हुने हार्डवेयर व्यवसायलाई व्यवसायमैत्री र पारदर्शी बनाएर लैजाने बताए । यस्तै, उनलै कुुनै क्षेत्रबाट पनि हार्डवेयर व्यवसायीमाथि औंला ठड्याउने अवस्था सिर्जना गर्न नदिने प्रतिबद्धता समेत जनाए ।
यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पनि हार्डवेयर व्यवसायीहरूबाट राजस्व छली जस्तो गम्भीर काममा संलग्न भएको पाइएमा कठोर कदम चाल्न पनि पछि नपर्ने बताए । राजस्व ठगीजस्तो गम्भीर कार्यमा संलग्न भएको पाइएमा आफू पनि सरकारलाई सहयोग गर्नपछि नपर्ने उनको भनाइ थियो । २०५२ सालमा स्थापना भई हार्डवेयर व्यवसायीको छाता संगठनका रूपमा सक्रिय रहेको संघमा विराटनगरमा रहेका दुई सय २५ जना हार्डवेयर व्यवसायीहरू आवद्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया