शाओमीको रेड्मी १३ सी स्मार्टफोन नेपालमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । कम्पनीका अनुसार रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ ।
नयाँ रेड्मी १३ सीले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । शाओमीले रेड्मी १२ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो । कम्पनीका अनुसार रेड्मी १३ सी ६ जीबी÷ १२८ जीबी र रेड्मी सी शृंखलामा पहिलो पटक ८ जीबी+२५६ जीबी भेरिएन्टहरूमा उपलब्छ छ । रेड्मी १३ सी १६८ एमएमको लम्बाइ, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाइ तथा १९२ ग्राम तौलमा उपलब्ध छ । यस्तै, यो फोन सि १६००×७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ । यसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्छ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्ने बताइएको छ ।
रेड्मी १३ सीमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामरा रहेको छ । यसैगरी फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरूजस्तै उत्कृष्ट क्यामरा फिचरहरू पनि उपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपीएसको भिडियो रेकर्डिङ सपोर्ट गर्छ । साथै, यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपीएसमा भिडियो रेकर्डिङ गर्छ । यसको पाँच हजार एमएचको ब्याट्रीले १८ वाटको पीडी चार्जिङ र युएसबी टाइप सी सर्पोट गर्दछ । १० वाटको एडाप्टरसहित आउने यो फोनलाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।
रेड्मी १३ सीको साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्छ । साथमा यो स्र्माटफोनमा एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जी, ३ जी र २ जी नेटवर्क पनि उपलब्ध छ । रेड्मी १३ सीमा ३.५ एमएमको हेडफोन ज्याक र एएसी÷एसबीसीको सर्पोटसहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ मा आधारित मी युआई १४ मा चल्छ जसले सुविधा सम्पन्न र सहज इन्टरफेस प्रदान गर्छ । रेड्मी १३ सीमा भर्चुअल प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिक कम्पासजस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन् ।
कम्पनीका अनुसार यो फोन ६+१२८ जीबी र ८+२५६ जीबीको स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रिन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमश १५ हजार नौ सय ९९ रुपैयाँ र १८ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रेड्मी १३ सी माघ ३ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया