सीतापाइलामा जेके टायरको सोरुम
काठमाडौं । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको सोरुम शुभारम्भ गरेको छ । जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच सोरुमको समुद्घाटन गरेका थिए ।
उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट सञ्चालित सोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डस्ट्रीमा प्रयोग हुने टायरहरू उपलब्ध हुने जनाइएको छ । हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोगअनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम् प्रसादले जानकारी दिए । नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर सोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पूरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए ।
अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिब तीन हजार चार सय किलोग्राम तौल र १२ फिट ब्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा नौ र मेक्सिकोमा तीन गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिकरूपमा तीन करोड ५० लाख युनिटभन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिस्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया