टीभीएस एनटर्कको एक लाख माइलस्टोन पूरा
काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टीभीएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।
२०१८ मा नेपालमा लन्च भएलगत्तै नेपालीमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क एक लाख बिक्री भइसकेको छ । बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टीभीएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो । जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले लन्च गरेको यति छोटो अवधिमै एक लाख एनटर्कहरू रोडमा गुडिसकेको बताए । टीभीएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सका लागि लोकप्रिय छ । यसको टीभीएस एनटर्क ड्रम आकर्षक मूल्यका कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टीभीएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्बिनेसन प्रदान गर्छ ।
टीभीएस एक्सपिमा आरटी–एफ्आई प्रविधि, भोइस कमान्ड, राइड मोडलगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरू उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरू उपलब्ध गराउने टीभीएस पहिलो कम्पनी हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया