बीवाईडीको नयाँ सोरुम ललितपुरमा
काठमाडौं । बीवाईडीले ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रूपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमका बीच सो सोरुमको उद्घाटन गरेका थिए । उक्त अत्याधुनिक सोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिनलगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन् । विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रूपमा बीवाईडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको छ । ललितपुरमा उद्घाटन गरिएको नयाँ सोरुमले विश्वव्यापीरूपमा दिगो मोबलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।
यस्तै, कम्पनीले आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने जनाएको छ । सो केन्द्रमा विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरू रहने छन् । कम्पनीको यो नयाँ सोरुमसहित बीवाईडीका अब नेपालभर १२ सोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् । यस सोरुम सञ्चालनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोशेढुङ्गाको कार्य गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया