दराजको फ्रि डेलिभरी फेस्टिभल
काठमाडौं । दराजले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रममा निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्मको मेगा डिल्स, एक हजार रुपैयाँसम्मको मेगा भौचर र प्रि–पेमेन्ट छुटलगायतका अफरहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
मंगलबारदेखि सुरु हुने यस कार्यक्रममा फेसन, लाइफस्टाइल, ब्युटीजस्ता विभिन्न विधाका सामानहरू खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार २०२३ मा महँगी सात दशमलव ८४ प्रतिशत पुगेकाले नेपालमा व्यवसायको ढुवानी शुल्क बढेको थियो । सोहीअनुरूप उपभोक्ताहरूलाई पनि अनलाइन किनमेल महँगो हुन गएकाले यो कार्यक्रम ल्याएको कम्पनीले जनाएको छ । फ्रि डेलिभरी फेस्टिभलले खरिदकर्तालाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिकतम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
यो कार्यक्रममा दराजले काठमाडौं र मुख्य सहरहरूमा मात्र नभएर ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदान गर्नेछ । २०२३ को डिसेम्बर महिनामा मात्र दराजका आधा ग्राहकले निःशुल्क डेलिभरी सेवाको लाभ लिएको कम्पनीले जनाएको छ । दराजसँग आबद्ध विक्रेताले निःशुल्क डेलिभरी सेवालाई एउटा औजारको रूपमा लिएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सक्छन् । विगतको तथ्याङ्क केलाउने हो भने दराजले निःशुल्क डेलिभरी सेवा प्रदान गर्दा विक्रेताको आयमा ७५ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
दराजका प्रमुख परिचालन अधिकृत, विमल अर्यालले कम्पनीको प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौँ सामानहरू ग्राहकलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने मुख्य उद्देश्य रहेको बताए । २०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरू थुप्रै अफरहरू प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार ग्राहकले डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशतसम्म र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया