Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाउन्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउन्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री


काठमाडौं । माउन्टेन ड्युले हिमाल आरोही गेल्जे शेर्पाको २०२५ समिटमा सहकार्य जनाउने भएको छ । कम्पनीले शेर्पाको सपना बनेको नेपालको आठ हजार एक सय ८८ मिटर अग्लो हिमाल चो यु आरोहणलाई समर्थन दिने प्रतिबद्धता जनाएको छ ।

अधिक उचाइको हिमाली बाघको रूपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवम् पथ प्रदर्शक हुन् । उनले आठ हजार मिटर उचाइका धेरै चुचुराहरू आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् । सन् २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो । गेल्जे शेर्पाले ‘डेथ जोन’ को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै एक पर्वतारोहीको उद्धार गरी जीवन बचाएका थिए ।

कम्पनीका अनुसार शेर्पाले आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउन्टेन ड्युको नारा ‘डरको अगाडि जित छ’ जसरी डरको सामना गरेका थिए । त्यसको लागि सम्मान दिँदै गेल्जे शेर्पालाई उनको यात्रामा माउन्टेन ड्युले निरन्तर साथ दिने भएको कम्पनीले जनाएको छ ।

गेल्जेले नयाँ उचाइमाथि जित हासिल गर्ने र नेपालका शेर्पाहरूलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउन्टेन ड्यु एक भरपर्दो सहयोगीको रूपमा उभिएर आकांक्षाहरूलाई उल्लेखनीय उपलब्धिमा रूपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ । पेप्सीको नेपालका एसोसिएट निर्देशक अनुज गोयलले गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रियरूपमा साथ दिने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया