भायानेटको ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना
काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ जडान र नवीकरण गर्नेहरूका लागि यस प्रकारको (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको हो ।
यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् । साथै, बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा योग्य हुनका लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दामाथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एकपटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भाउचर कोड प्राप्त गर्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस तीन महिनाको दुई हजार सात सय र भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यसमा जडान शुल्क भने लागू हुनेछ ।
उपहार भाउचर दाबी गरिसकेपछि, आफ्ना प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत एक महिनाको इन्टरनेट निःशुल्क पाउने छन् । यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस तीन महिनाको प्याकेजमा नयाँ आकर्षक छुटसहितको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मूल्य मात्र भ्याटबाहेक दुई हजार सात सय रुपैयाँ रहेको छ । भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया