Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो र आईईईईबीच रणनैतिक साझेदारी

ओप्पो र आईईईईबीच रणनैतिक साझेदारी


काठमाडौं, जेठ १५
ओप्पोले इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (आईईई)सँग शैक्षिक आदानप्रदान र फाइभजी, एआई तथा बिगडाटालगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ । यस नयाँ पहिचान र सहकार्यका साथमा ओप्पोले नवप्रवर्तनको क्षेत्रमा अझ गति लिँदै विश्वभरका उपभोक्तालाई फाइदा पु-याउने लक्ष्य लिएको छ ।

१ सय ६० भन्दा धेरै देशमा ४ लाख सदस्यभन्दा बढी सदस्यसहितको आईईईई विश्वकै ठूलो प्राविधिक व्यावसायिक संस्था हो । अद्वितीय प्रकाशन, सम्मेलन, प्राविधिक मानक, व्यावसायिक तथा शैक्षिक कार्यका साथै आईईईई, एयरोस्पेस प्रणाली, कम्प्युटर्स, सञ्चार, बायोइन्जिनियरिङ, इलेक्ट्रिक्स, कन्जुमर इलेक्ट्रोनिक्सलगायत क्षेत्रमा आधिकारिक दख्खल राख्छ ।

‘फाइभजी युगमा निहित असीमित अवसरलाई दृष्टिगत गर्दै ओप्पोले इन्टेलिजेन्ट कनेक्सनको अवधारणा प्रस्ताव गरेको छ । हामी हाम्रो लगानी स्मार्टफोनमा मात्र सीमित नराखी सञ्चारसम्बद्ध वैज्ञानिक सोध, हार्डवेयर र कम्प्युटर विज्ञानमा पनि अघि बढ्नेछौँ । आईईईईसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । यस सहकार्यमार्फत आफ्ना उत्पादनमा थप अद्वितीय प्रविधि तथा सेवा समाहित गर्दै विश्वभरका उपभोक्तालाई अझ चाँडै सुदृढ प्राविधिक अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ’, ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने ।

‘आईईईई कम्प्युटर सोसाइटीद्वारा भर्खरै खुला गरेको कर्पोरेट पार्टनरसिप प्रोग्रामअन्तर्गत ओप्पोलाई आफ्नो पहिलो कर्पोरेट पार्टनरका रुपमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।’, आईईईई कम्प्युटर सोसाइटीका कार्यकारी निर्देशक मेलिस्सा रसलले भने । ओप्पोेले आईईईईसँग मानक निर्धारणका साथै शैक्षिक आदानप्रदान कार्यमा समेत सहकार्य गर्नेछ । आईईईईअन्तर्गतको मानक कमिटी डोमिनेन्ट आईईईई ८०२.११ सिरिज स्ट्यान्डर्ड फर वायरलेस नेटवर्कजस्ता विश्वभरका विभिन्न महत्वपूर्ण प्राविधिक मानकको अथर समेत हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x