नेपाल इको प्यानल र बागीश्वरी कलेजबीच सहकार्य
काठमाडौं । भक्तपुरको कमलविनायकमा रहेको बागीश्वरी कलेजले नेपाल इको प्यानल नामक निर्माण कम्पनीसँंग सहकार्य गर्ने सम्झौता गरेको छ । समझदारीपत्रमा नेपाल इको प्यानलकोतर्फबाट जनरल म्यानेजर विक्रम गोसाई र कलेजको तर्फबाट प्राचार्य धनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा कलेजका विद्यार्थीलाई नेपाल इको पयनल अन्तर्गतका विभिन्न महाशाखा, शाखा, एकाईमा इन्टर्न गर्न लगाउने, विद्यार्थीलाई कम्पनीबाट सम्पादन गर्दै आएका विभिन्न विषयमा शोध, अध्ययन, अनुसन्धान गर्न लगाउने र उत्पादन गर्दै आएका विभिन्न सामाजिक कार्यमा सहभागी गराउने विषयहरू उल्लेख गरिएका छन् । समझदारीअनुसार कलेजले प्रयोगात्मक अभ्यास इन्टर्न गर्ने, शोध अनुसन्धान गर्ने तथा सामाजिक कार्यमा सहभागी हुने विद्यार्थीको छनौट गरी सिफारिस गर्ने, विद्यार्थीको कार्यमा समन्वय अनुगमन गर्ने र विद्यार्थीले तयार गरेको प्रतिवेदन, शोध, अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ । साथै, विद्यार्थीको जिम्मेवारीमा कलेजले सिफारिस गरेअनुसार कार्य गर्ने, आफूले गरेको कार्यको अवधि तथा अन्तिम प्रतिवेदन तयार पार्ने र आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरी कलेज तथा संस्थाको मानप्रतिष्ठा बढाउन प्रयास गर्ने रहेको छ ।
साथसाथै कम्पनीले इन्टर्न गर्न सिफारिस गरिएका विद्यार्थीलाई कम्पनीका महाशाखा, शाखा, एकाईको कार्यक्षेत्र, कार्यपद्धति तथा आवश्यक विषयमा जानकारी गराउने, शोध अध्ययन अनुसन्धानमा सिफारिस भएका विद्यार्थीलाई आवश्यक तथ्याङ्क, तथ्याङ्कको स्रोत वा स्रोत व्यक्ति उपलब्ध गराउने, विद्यार्थीलाई कम्पनीको नेतृत्वमा हुने सामाजिक कार्यमा अग्रिम सहभागी गराउने, विद्यार्थीलाई अनुसन्धानमूलक कार्य गर्न लगाउने, कम्पनीअन्तर्गतका महाशाखा, शाखा, इकाईहरूमा प्रशासनिक व्यवस्थापकीय कार्यहरू गर्न लगाउने उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया