Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिजा एक्सेलेरेटर कार्यक्रममा आवेदन खुला

भिजा एक्सेलेरेटर कार्यक्रममा आवेदन खुला


काठमाडौं । भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणका लागि आवेदनहरू खुला गरिएको छ । यस पहलको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्नु रहेको छ ।

२०२४ संस्करण नयाँ क्षेत्रहरू कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृतिजस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित रहने बताइएको छ । भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुका अनुसार यस कार्यक्रमले स्टार्टअपहरूलाई विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अवसर प्रदान गर्नेछ । विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विशेषरूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रूत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र दू्रत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइनेछ ।

एसिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले, कार्यक्रम मार्फत्, भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ । तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन् । साथै, भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन् । कार्यक्रमको यस संस्करणको लागि आवेदनहरू जनवरी ८ मा खोलिएको र मार्च ८ मा बन्द हुने बताइएको छ । छानिएका स्टार्टअपहरू मेदेखि नोभेम्बर २०२४ सम्म सञ्चालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया