Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी


काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आज बिहीबारदेखि आइतबारसम्म सो प्रर्दशनी हुन लागेको हो ।

काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने यस प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू राखिने छन् । निर्माण क्षेत्रका नविनतम् प्रविधिको बारेमा जानकारी गराउने एवम् नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृँच पुर्याउने उद्देश्यले प्रदर्शनीको नवौँ संस्करण आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ख्याती प्राप्त ब्राण्डका एक सय ५० भन्दा बढी स्टल रहनेछन् । निर्माणसम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउन यो प्रदर्शनी कोशेढुङ्गा सावित हुँदै आएको आयोजकको दाबी छ ।

प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, प्रि–फ्याब संरचना, यूपीभीसी विन्डोज मेसिनरी, यूपीभीसी प्रोफाइल, ढोका र झ्याल, वास्तु हार्डवेयर, बाथरूम फिटिङ, पाइप, टाइल र सेनेटरी वेयर, रूफिङ, पूर्व इन्जिनियरिङ भवन, पावर टुल्स, विन्डोज, कंक्रिट ब्लक मेसिनरी, मेसिनरी एल्युमिनियम कम्पोजिट प्यानलहरूको पनि उल्लेखनीय सहभागिता रहने बताइएको छ । यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टरस, विल्डरस, इन्टेरियर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने आयोजकको भनाइ छ ।

साथै, यस प्रदर्शनीमा टाइटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टिल रहेका छन् । सहयोगी संस्थाहरू सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना), इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपाल (आईडीईए) तथा भारतीय उद्योग परिसंघ रहेको यो प्रदर्शनी चार दिनसम्म रहने छ । प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया