Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिमेन्ट उद्योग सुधारको अपेक्षा

सिमेन्ट उद्योग सुधारको अपेक्षा


उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको शनिबार अवलोकन गरेको उद्योग प्रशासनले जनाएको छ ।

प्रधानमन्त्रीले अनुमगन गरेपछि दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् ।

देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताएको उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले जानकारी दिए । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाएको उनले बताए

उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै प्रधानमन्त्री दाहालले यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भने, “दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।”

प्रधानमन्त्री दाहालले दिएको प्रतिबद्धतापछि स्थानीयमा उद्योगले पुनःजीवन पाउने आश जगाएको जिल्लास्थित नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, माओवादी केन्द्रका सचिव किरण राई, स्वतन्त्र बुद्धिजीवी तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका पूर्वक्याम्पस प्रमुख रमेश रोकालगायतले बताए ।

जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले २०४७ सालदेखि नियमित उत्पादन गर्न सुरु गरेको थियो । २०५० सालदेखि २०६७ सालसम्म उद्योगले दैनिक आठसय मेट्रिक टन अर्थात् १६ हजार बोरा गैँडाछाप सिमेन्ट उत्पादन गर्दै आएको थियो । २०६७ सालदेखि २०७४ सालसम्म उत्पादन क्षमता वृद्धि गरेर नौ सय मेट्रिक टन अर्थात् अठार हजार बोरा सिमेन्ट उत्पादन गर्दै आए पनि हिजोआज उद्योग जीर्ण हुँदै गएपछि महिनामा एक हप्ता राम्ररी सञ्चानन हुन सकिरहेको छैन ।

एक वर्षयतादेखि उद्योग सञ्चालनमा समस्या भइरहेको, अधिकांश मेसिनरी सामान जीर्ण अवस्थामा रहेका, व्यवस्थापनलगायत काममा समस्या आइरहेको उद्योगका कर्मचारी तथा मजदुर बताउँछन् । झन्डै पाँच सय श्रमिक र कर्मचारीले रोजगारी पाइरहेको उद्योगले दैनिक २० लाखदेखि २५ लाखको सिमेन्ट उत्पादन गरेर आम्दानी गर्दै आएको प्रशासन बताउँछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया