क्यान्सरपीडितलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिए ।
“विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ”, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया