Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन आग्रह

टेलिकमको सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन आग्रह


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन आग्रह गरेकी छन् । नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव कार्यक्रममा उनले सेवामा सुधार गरी आयमा समेत वृद्धि गर्न निर्देशन दिइन् ।

कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताइन् । सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइभर विस्तार गरी सूचना महामार्ग निर्माण गर्न लागेको उनले जानकारी दिइन् । टेलिकमका सेवालाई नमुना दूरसञ्चार सेवाका रूपमा विकास गर्न यस वर्ष १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बशयसैगरी उनले टेलिकममा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न आग्रह गरिन् । आगामी दिनमा सूक्ष्मरूपमा अध्ययन गरेर बजारको अवस्था, प्रविधि, व्यापार, आर्थिक र सञ्चालन मोडलबारे दीर्घकालीन व्यावसायिक योजना तयार गर्न उनले सुझाव दिइन् । दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीतिगत र प्रशासनिक दुवै काम गरिरहेको जानकारी दिइन् । लाइसेन्स खारेज भएका कम्पनीको सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिनेलगायतका काम सरकारले गरेको उनले बताइन् ।

कार्यक्रममा मन्त्रालयलका सचिव एवम् टेलिकमका अध्यक्ष रामकृष्ण सुवेदीले प्रतिपर्धी युगमा टेलिकमलाई आफ्ना सेवा थप गुणस्तरीय र सुलभ बनाउने चुनौती रहेको बताए । साथै, उनले टेलिकमले नाफासँगै सेवालाई पनि थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले प्रविधिको परिवर्तनसँगै टेलिकमलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको बताए । सोका लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने उनले प्रतिबद्धता समेत जनाए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएको बताइन् । एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको उनले जानकारी दिइन् । यस्तै, भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको बताउँदै उनले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब, एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने जानकारी दिइन् ।

यसैगरी टेलिकमले एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ । गत वर्षको अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले यस वर्ष करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्नेछन् । नयाँ ग्राहक एवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी दुई सय ५० प्रतिशतसम्म पुर्याइएको कम्बो प्याकेज खरिद गर्न सकिने बताइएको छ । त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क पाइने उल्लेख छ ।

कम्पनीको वार्षिकोत्सवमा सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका विक्रेताहरू र एमपोस विक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरूलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया