रेड्मी नोट १३ सिरिज नेपालमा
काठमाडौं । शाओमीले नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार होटल अलफ्टमा एक विशेष कार्यक्रमको आयोजना गरी रेड्मी नोट १३ सिरिजअन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
रेडमी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
रेड्मी नोट १३ प्रो प्लस फाइभ जी
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो प्लस फाइभ जी बोल्ड स्टाइल र बेजोड पर्फर्मेन्सको लागि परिचित छ । यस फोनको मोटाई आठ दशमलव नौ एमएम र तौल दुई सय चार दशमलव पाँच रहेको छ । यसको छ दशमलव ६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ एक दशमलव पाँच के डिस्प्लेमा २७१२×१२२० को रिजोल्युसन र एक सय २० हर्जको रिफ्रेस रेट रहेको छ । साथै, यसमा मिडियाटेक डाइमेन्सिटी ७२ सय अल्ट्रा चिपसेट, चार एनएम अक्टा–कोर प्रोसेसर रहेको छ । यस्तै, यो फोनमा दुई सय मेगापिक्सेलको मुख्य क्यामरा, आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।
पाँच हजार एमएचको ब्याट्री रहेको यो फोनमा एक सय २० वाटको हाइपर चार्जर उपलब्ध भएकाले चार्जिङ पनि अतिछिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ । ८/२५६ जीबी र १२/५१२ जीबीको स्टोरेज उपलब्ध रहेको यो फोनको मूल्य क्रमशः ४७ हजार नौ सय ९९ रुपैयाँ र ५२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो फोन मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो फोन किन्दा अफरअन्तर्गत बड्स चार एक्टिभमा एक हजार तीन सय रुपैयाँ र रेड्मी वाच तीन एक्टीभमा दुई हजार दुई सय रुपैयाँ छुट उपलब्ध गराइएको छ ।
रेड्मी नोट १३ प्रो
यस्तै, कम्पनीले सार्वजनिक गरेको रेड्मी नोट १३ प्रोमा सात दशमलव ९८ एमएमको स्लिम डिजाइन र एक सय ८८ ग्राम तौल रहेको छ । यस फोनमा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । यो फोनमा ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००×१८०० को रिजोल्युसन र स्विफ्ट एक सय २० हर्ज रिफ्रेस रेट रहेको छ । साथै, यसमा आईपी ५४ डस्ट र स्प्ल्यास रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लासचाहिँ कोर्निङ गोरिल्ला ग्लास रहेको छ । मिडिया टेक हेलियो अल्ट्रासहित आउने यो फोन प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै, युजर फ्रेन्ड्ली एक्सपेरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआईयुआई १४ मा राखिएको छ ।
यो फोनमा दुई सय एमपी मुख्य क्यामेरा, आठ एमपी अल्ट्रा–वाइड क्यामेरा, दुई एमपीको म्याक्रो क्यामेरा र १६ एमपी सेल्फी क्यामेरा रहेको छ । पाँच हजार एमएच ब्याट्री रहेको यो फोनमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ । ८/२५६ जीबी र १२/५१२ जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको यो फोनको मूल्य क्रमशः ३४ हजार नौ सय ९९ रुपैयाँ र ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया