एनसेलको डबल मजा प्याक
काठमाडौं । एनसेलले डबल डेटासहित इन्टरनेट सेवामा ‘डबल मजा प्याक’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा सात दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित एक सय ५० रुपैयाँमा ५ जीबी डेटा वा दुई सय रुपैयाँमा आठ जीबी डेटा लिन सक्छन् ।
त्यसैगरी आठ सय ८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् । यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप प्राप्त गर्छन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रूपमा प्राप्त गर्छ । डबल मजा प्याक खरिद गर्न एस्ट्रिक्स१७१२३ह्यास डायल गर्नुपर्नेछ । साथै, हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।
पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकाले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटलरूपमा सम्पर्कमा रही रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकताबमोजिम जति पटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् । सात दिन भ्यालिडिटी भएका एक सय ५० र दुई रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म र आठ सय ८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ । यसैबीच एनसेलले करसहित दुई सय २० रुपैयाँमा सात दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले चार जीबी डेटा, एक सय मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया