जेसीबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा
काठमाडौं । एमएडब्लुअन्तर्गतको एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ । यसको सुरुवातसँगै अब भक्तपुरका ग्राहकले भक्तपुर अटो पार्ट्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।
एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका बिजनेस हेड रोसनकुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्तरूपमा सो रिटेलरको शुभारम्भ गरिएको थियो ।
जेसीबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्ट्सको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ भक्तपुरमा एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरको सुरुवात गरेको कम्पनीले जनाएको छ ।
एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर प्रालि नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्ट्स, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकको सहजताका लागि, ग्राहकलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री वितरण गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया