बाराही हस्पिटालिटीका होटल तथा रेस्टुरेन्टमा विशेष अफर
काठमाडौं । बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टमा भ्यालेन्टाइन डे(प्रणय दिवस) को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ ।
काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई छ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै, स्ट्यान्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोजसहितको मज्जा जोडीले सात हजार रुपैयाँमै लिन पाउनेछन् । साथै, होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ । यस्तै, बाराही जंगल लजमा फागुन २ मा सात हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै, बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडीसहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रमअन्तर्गत रोमान्टिक क्यान्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्सलगायतको व्यवस्था गरेको छ ।
हस्पिटालिटीअन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रतिजोडी सात हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा छ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ । यस्तै, सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।
पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेसल अफर सार्वजनिक गरेको छ । यसमा डिलक्स रुम, रुमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनरलगायतका आकर्षक विशेषता समावेश छन् । प्रतिजोडीका लागि आठ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया