Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीतारामको नयाँ उत्पादन बजारमा

सीतारामको नयाँ उत्पादन बजारमा


काठमाडौं । सीताराम गोकुल मिल्क्स प्रालिले बजारमा ‘सीताराम मिल्क स्पेसल फर टि एन्ड कफी’ भित्र्याएको छ । कम्पनीका अनुसार प्रायःजसो, सर्वसाधारणले बजारमा उपलब्ध हुने प्याकेट दूध अथवा डेरीबाट खुला दूध किनेर चिया वा कफी बनाएको देखिन्छ । तर अब भने उपभोक्ताहरूले सहजै चिया वा कफी बनाउनका लागि स्पेसल दूध लिन पाउने भएका छन् ।

सो दूधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रालिको भनाइ छ । चिया र कफीका पारखी एवम् साना तथा ठूला चिया पसल, क्यान्टिन, पार्टी प्यालेस, होटेल र रेस्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दूध एक लिटरको पाउचमा ल्याएको हो । कम्पनीले विगत २८ वर्षदेखि दूध तथा दुग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया