आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी
काठमाडौं । नेपालमा सामसुङको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीयरूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनले आईएमएस सबको फोन एक्सचेन्जको सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् ।
विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको फोन साटी सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको हो । यो एक्सचेन्ज सुविधाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ सामसुङ स्मार्टफोनसँग साट्न सक्नेछन् । आईएमएस सबको फोन एक्सचेन्ज सुविधाअन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरी ग्राहकहरूले आपूmले प्रयोग गरिरहेको फोनको विवरणभर, मात्र एक मिनेटमा फोनको मूल्य प्राप्त गरी नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् । यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नका लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत विक्रेतामा मात्र उपलब्ध गराइएको छ ।
सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यले मोबाइल प्रयोगकर्ताहरूलाई मोबाइल एक्सचेन्ज सहज र छिटो बनाउँदै उचित मूल्य प्रदान गर्नेे लक्ष्य राखेको बताए । एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरी पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिने उनले बताए । आईएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउने बताए । यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । सबको फोनको प्रविधिसँग आईएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मूल्य प्रदान गरी सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आईएमएसको योजना रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया