प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको अफर
काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर सहिदहरूको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफरहरू उपलब्ध गराएको छ । सो अफर आइतबारदेखि सुरु भएको र फागुन १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टेलिकमले देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिको लागि आहूति दिने वीर सहिदहरूको सम्मानार्थ सो अफर उपलब्ध गराएको हो । अफरअनुसार साविकबमोजमको फ्रि रिसोर्स अर्थात् एक जीबी डाटा, एक सय मिनेट अन–नेट भ्वाइस र एक सय अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस्तै, सहिद परिवारलाई एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको एअर्ली वान टाइम प्याकेज र कम्बो एअर्ली टाईम प्याकेजमा समेत सहुलियत प्रदान गरिएको छ ।
यसैगरी कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसअन्तर्गत एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै छ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ । कम्पनीका अनुसार स्टार१४१५स्टार११ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया