Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा


काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले तीन वटा आर्थिक वर्षको साधारणसभा एकैपटक सम्पन्न गरेको छ । कम्पनीको ३३, ३४ र ३५ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको हो ।

सभामा उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले विगतमा इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल भारतमा रहेका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए । साथै, यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सीमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल गरिएको जानकारी दिए । साथै, नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाइ पनि रहेको उनले बताए । त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमुना उद्योगका रूपमा विकसित गर्दै लैजाने र अब वार्षिकरूपमै साधारणसभा गर्ने प्रतिबद्धता पनि जनाए ।

कम्पनीका अनुसार विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रक्रियाबाट सञ्चालनमा ल्याई उत्पादन समेत वृद्धि गरी बजारमा पठाउने गरिएको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रक्रिया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी रकेको कम्पनीले जनाएको छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि हालसम्म पूरा गर्न नसकिरहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साधारणसभामा सेयरधनीहरूले समय सापेक्ष बजारको मागअनुसार अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी सभामा ३५ प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्पmबाट अशोककुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए । यस्तै, स्वतन्त्र विशेषज्ञ सञ्चालकमा भने विकास आचार्य चयन भए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया