Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक

सामसङको ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक


काठमाडौं । सामसङले हालै नेपालमा ग्यालेक्सी ए१५ फाइभजी सार्वजनिक गरेको छ । सो स्माटफोनलाई सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको छ दशमलव पाँच इन्चको उत्कृष्ट सुपर एमोलिड इन्फिनिटी–यु डिस्प्ले छ । साथै यसमा भएको ९० एचजेड रिफ्रेस रेटको कारणले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा कुनै समस्या आउँदैन । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१ सय प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, यसमा अद्भूत पर्फमेन्स र द्रूत फाइभजी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ । साथै, यो फोन ६÷१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा रहेको छ ।

साथै, अत्याधुनिक क्यामराका विशेषताहरूले गर्दा यो फोन फोटोग्राफीको लागि पनि उत्कृष्ट छ । पछाडिको सेटअपमा ५० एमपी वाइड–एङ्गल क्यामरा, पाँच एमपी अल्ट्रा–वाइड क्यामेरा र दुई एमपी म्याक्रो क्यामरा समावेश छ । यस्तै, १३ एमपी फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त छ । यो फोन नवीनतम एन्ड्रोइड १४ मा चल्ने र यसमा सामसङको प्रयोग गर्न सजिलो वान यूआई ६.० छ । यस्तै, यो फोनले चार वर्षको ओएस अपडेटहरू र पाँच वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गने कम्पनीले जनाएको छ । यसमा टुजीदेखि फाइभजीसम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्नेछ ।

कम्पनीका अनुसार यो फोनको मूल्य नेपालमा ६/१२८ जीबी भेरियन्टलाई २७ हजार नौ सय ९९ रुपैयाँ र ८/१२८ जीबी भेरियन्टलाई २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, ८/२५६ जीबी भेरियन्टको मूल्य भने ३३ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, यो फोन इन्स्टा फाइनान्स सेवाको साथमा पनि सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सकिनेछ । यो सेवामा शून्य प्रतिशत ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा एक घण्टाभित्रमा फोन खरिद गर्न सकिनेछ । यो फोन कालो नीलो, नीलो र हल्का निलोमा उपलब्ध रहेको छ । यी उत्पादनहरू नेपालभरिका स्टोरहरूमा सोमबारदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया