सबैभन्दा ठूलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो ।
कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा एक सयभन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ । एक सयभन्दा धेरै एनएस ग्राहकहरू सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरू सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरूले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएका थिए । विभिन्न खेलका विजेताहरूलाई कम्पनीले उपहारस्वरूप फुल हेलमेट प्रदान गरेको थियो ।
उक्त राइडमा ५० वर्षभन्दा बढी उमेर समूहका राइडरहरूको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो । ‘एक सय एनएस राइडर्सको एउटै उद्देश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो कम्युनिटी राइड भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोटरसाइकल विक्रेता कम्पनीले गरेको सम्भवतः सबैभन्दा ठूलो राइड इभेन्ट १०० एनएस भएको छ । उक्त राइडमा सहभागीहरूले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन कम्पनीलाई सल्लाह र सुझाव दिएका थिए भने कम्पनीले पनि आगामी दिनमा यस्तै कार्यक्रमलाई अझै परिष्कृत गर्दैै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया