Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीएनआई इकोनोमिक सरभाइभल सिरिज पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक

सीएनआई इकोनोमिक सरभाइभल सिरिज पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक


काठमाडौं, जेठ २०
नेपाल उद्योग परिसंघले जेठ ५ देखि ८ गतेसम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनारमार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोरले रिपोर्टको स्क्रिन सेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेका हुन् । सो रिपोर्टमा कोभिड–१९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी इकोनोमिक सरभाइभल थिममा रहेर आयोजना गरिएको वेबिनारमा भएको छलफल र विचारहरु समेटिएको छ । वेबिनारको चार सिजनमा बैंक तथा वित्त, ऊर्जा र कृषिमा सुदृढिकरण, उद्योर र श्रमको पुर्न संचालन र अर्थतन्त्रको पुनरुत्थानबारे छलफल भएको थियो ।

रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितिमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्न नसक्ने उल्लेख गर्दै सबै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड–१९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्नेतर्फ अघि बढ्न सघाउने बताए । परिसंघले सम्बन्धित निकायहरुमा पनि यो रिपोर्ट प्रस्तुत गर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x