Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’को रुपमा छानियो जेनेस एकेडेमी

नेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’को रुपमा छानियो जेनेस एकेडेमी


काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ ।

बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनको शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यता प्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरू संचालन गर्न अनुमति पाएको छ । आफ्नो स्थापना भएदेखि नै जेनेस एकेडेमीले नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरू आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ । विश्वमै कहलिएका साझेदारहरूसंगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरूलाई प्रशिक्षण दिनुको साथै उनीहरूको सीप विकासमा सघाउने लक्ष्य लिएको जनाएको छ ।

जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरू र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरूलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ छ । यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया