Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामुदायिक विकास परियोजनाका लागि एनसेलसँग १६५ वटा प्रस्ताव पेस

सामुदायिक विकास परियोजनाका लागि एनसेलसँग १६५ वटा प्रस्ताव पेस


काठमाडौं । सामुदायिक विकास परियोजनाका लागि एनसेलसँग एक सय ६५ वटा प्रस्ताव पेस भएका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात् १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट एक सय ६५ भन्दा बढी प्रस्तावहरू प्राप्त गरेको हो ।

कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा समुदायस्तरमा लागू हुनेगरी यो कार्यक्रम सञ्चालन गरेको हो । हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरूको मूल्याङ्कन गरिरहेको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर सातवटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोगलगायतका क्षेत्रहरूमा विकास कार्य गर्न उत्साहजनकरूपमा प्रस्तावहरू प्राप्त भएका छन् । लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावनालगायतका आधारहरूमा कार्यक्रमहरू छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पु¥याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रतिकार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहलअन्तर्गत कुल १८ आयोजानाहरू छानिने र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन् । बाँकी चार आयोजनाहरू प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिनेछन् । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकताअनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया