कर्णाली ‘एक्स्पोे’ हुने
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य सङ्घले कर्णाली एक्स्पो आयोजना गर्ने भएको छ । कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले फागुन १४ देखि २२ गतेसम्म सो एक्स्पो आयोजना गर्न लागिएको हो ।
महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने सङ्घले जनाएको छ । फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिनेभन्दै सङ्घका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा पाँच सय रुपैयाँ छुट हुने जानकारी दिए । पर्यटन प्रवर्द्धन गर्न कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहने व्यक्तिलाई आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको छ, यसले हाम्रो कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।’
त्यसैगरी महोत्सवको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दाभित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीयस्थलको हातले बनाएको तस्बीर राखिने जनाइएको छ । महोत्सवमा खानाका विविध परिकार पनि पस्किने गरी स्वच्छ, सफा होटल, कृषि र घरेलु उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने जनाइएको छ । विद्यालयस्तरीय मौलिक नाच, लोकदोहोरीसँगै कर्णालीका देउडा, टप्पा, सिङ्गारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृतिका प्रतियोगिता पनि आयोजना गरिने महासचिव भण्डारीले बताए । जुम्ला, हुम्लामा गाइने देउडा, सल्ल्यान, रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ र थारू समुदायका कला प्रदर्शन गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया