लकडाउनको समयसीमा र मोडालिटी परिवर्तन गर्न माग
काठमाडौं, जेठ २०
नेपाल विद्युतीय व्यवसायी महासंघले लकडाउनको समयसीमा र मोडालिटीलाई परिवर्तन गर्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी राखेको छ । लकडाउन मात्रै कोरोना नियन्त्रणको उपाय नभएको भन्दै निजी क्षेत्रले आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउनको मोडालिटी परिवर्तन गर्न आग्रह गर्दै आइरहेका छन् ।
विद्युतीय व्यवसायी महासंघले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणको निश्चित समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्व नै लागि रहेको अवस्थामा लकडाउनको मोडालिटी परिर्वतन गर्दै अत्यन्त संवेदनशील क्षेत्रबाहेक अन्य क्षेत्रमा खुकुलो पारी जनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउन आग्रह गरेको हो ।
लकडाउनले गर्दा रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मजबुद बनाउँदै परीक्षणको दायरालाई फराकिलो बनाई आर्थिक जनजीवन सामान्य बनाउनेतिर नलागेर सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको महासंघको आरोप छ ।
विद्युतीय सामग्रीहरुको प्रयोग मानव जीवनको दैनिकीको लागि अति आवश्यक वस्तु भएकाले यसका लागि आवश्यक सामग्रीको उपलब्ध नभएर उपभोक्ताहरु मारमा परेको महासंघले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरुबाट न्यून क्षमतामा उत्पादन गरिए पनि बजार, पसलहरु नखुलेकाले उत्पादित सामग्री उपभोक्तासमक्ष पु-याउन कठिन भएको महासंघको भनाइ छ ।
उद्योगहरुले पुँजी परिचालनको अभावले कच्चापदार्थ खरिद गर्न नसक्ने अवस्था हुनसक्ने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सूचनाअनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरु, विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया